April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

सुदूरपश्चिम सरकार बजेट संशोधन गर्न तयार

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १0:४९
सुदूरपश्चिम सरकार बजेट संशोधन गर्न तयार
  • सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार
  • सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्न सहमत

धनगढी ।।

सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो । तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरेलगत्तै सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो । सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ ।

‘मुख्यमन्त्री र मन्त्रीज्यूहरुले अहिलेको बजेटको आकार नघटाएर बजेट संशोधन गरी तपाईंहरुले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भने, ‘उहाँहरुले खाका तयार पारेर छलफलका लागि फेरि बोलाउने कुरा छ ।’ प्रदेश सरकारले बजेटमा समावेश गर्न छुटेका सांसदहरुले पेश गरेका योजना समेटेर संशोधन प्रस्ताव तयार गर्नेछ । तर उक्त प्रस्तावमा ‘संशोधन प्रस्ताव’ भन्ने शब्दावली नराख्ने समझदारी पनि बनेको प्रदेशसभाका अर्का एक सदस्यले बताए ।

सोमबारको छलफलमा साढे २ अर्बको पूूरक बजेट ल्याउने विषयमा पनि छलफल भएको थियो तर त्यसले मूूर्त रुप पाउन सकेन । ‘पूरक बजेटको विषयमा थोरै कुरा उठेको थियो तर त्यो सम्बन्धमा धेरै छलफल भएन । हाम्रो जोड अहिलेकै बजेट संशोधन गर्नुपर्छ भन्नेमा रह्यो,’ नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘तपाईंको माग सम्बोधन गर्छौं । संशोधनको खाका बनाएर छलफल गर्छौं भनेर मुुख्यमन्त्रीज्यूूले भन्नुभएको छ ।’

चौधरीले सत्तारुढ गठबन्धनका प्रमुख तीन दल बजेट संशोधन गर्नुपर्ने अडानमा एकमत भएकाले सरकार तयार नभए बजेट फेल हुने चेतावनी समेत दिएका छन् । उनका अनुसार सत्तारुढ गठबन्धनले तयार पारेको संशोधन प्रस्तावमा मंगलबार दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल हुुनेछ ।

बजेटप्रति चर्को असन्तुष्टि जनाउँदै आएका सत्तारुढ माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा एकीकृत समाजवादी पार्टीले संशोधन नभए यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेका छन् । यसअघि कांग्रेस समेतका सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले बजेट संशोधनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०-८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए । बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

सोमबार बैठक बसे पनि सवारी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । सभामुुखले अर्को सूूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट