April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

जन्मकैदको माग गर्दै भण्डारीविरुद्ध मुद्दा दर्ता : तीनकुने हत्या प्रकरण

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:३५
जन्मकैदको माग गर्दै भण्डारीविरुद्ध मुद्दा दर्ता : तीनकुने हत्या प्रकरण
  • सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
  • जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग
  • निर्ममतापूर्वक हत्या गरेको ठहर
  • आरोपी भण्डारी जन्मजात बोल्न नसक्ने 

काठमाडौं ।।

तीनकुने सामूहिक हत्या प्रकरणका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । भदौ ३० मा काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भण्डारीले सुरक्षा गार्डको रुपमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नवीन भनिने विशाल राईको सामूहिक हत्या गरेका थिए ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधार वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा आरोपी भण्डारीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१ (क) बमोजिम प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी  जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेस गरिएको हो । प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आरोपी भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।