May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

कांग्रेसको बैठकमा एजेण्डाहरु पेश गरिने

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १५:0३
कांग्रेसको बैठकमा एजेण्डाहरु पेश गरिने
  • छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने
  • २ महिनामा एकपटक बस्नुपर्ने बैठक एक वर्षपछि हुदै  

काठमाडौं ।।

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ । बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरुको बैठकले एजेण्डाको अन्तिम रुप दिन नसकेको एक नेताले बताए ।
सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डा बारे छलफल गरेका थिए ।

देउवाले पुनः बुधबार बिहान बस्ने गरि अनौपचारिक छलफल राखेका छन् । ‘बुधबार बिहान नेताहरुको अनौपचारिक छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा थाहा हुन्छ,’ कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । २ महिनामा एकपटक बस्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बोलाइएको छ । बैठकमा नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता तथा कार्यअवधि, तिन तहका सरकारको कामको समीक्षा, अभियान लगायतमा छलफल हुने नेताहरुले बताउँदै आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट