May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

स्कुलभित्र छिरेको भैंसीले बाघको रुप लियो 

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १२:३२
स्कुलभित्र छिरेको भैंसीले बाघको रुप लियो 
  • स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइयो 
  • क्त भैंसीलाई अहिले वन र सुरक्षाकर्मीसहित टोलीको नियन्त्रणमा
  • भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय सबै आतंकित

काठमाडौं ।।

बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरेपछि ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी बेहोस भएको थियो । उक्त भैंसीलाई अहिले वन र सुरक्षाकर्मीसहित टोलीले नियन्त्रणमा लिएको छ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।

भैंसीले क्षति पुर्‍याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो । उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।

त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो । यसअघि काठमाडौं उपत्यकाका वस्तीहरुमा प्रवेश गर्ने चितुवाहरुलाई पनि यही टोलीले नियन्त्रणमा लिने गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।