May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गरियोस् : अमरेश कुमार सिंह

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १५:0६
तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गरियोस् : अमरेश कुमार सिंह
  • तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग
  • नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन 
  • ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो ।

मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उनी भन्छन, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।’

नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागको शन्देश शर्माको अडियो मिलेको भन्दै विषय आएको समेत उनले उल्लेख गरे । को सँग मिलेको भने खुलाएनन् । ‘‘अथेन्टिक भनेर पुलिसले विज्ञप्ती जारी गर्यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन ?’ उनको प्रश्न छ ।

शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उनको प्रश्न छ । ‘किनकी त्यहाँ नेताहरुको नाम छ । नेताहरुलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उनले भने ।

मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उनले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । अन्यथा दुवै रिर्पोट आफूसँग भएको उल्लेख गर्दै उनले सब सांसदलाई वितरण गर्न तया रहेको बताए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।