sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:0९
गौर हत्याकाण्डको फाइल खोल्नुपर्यो भन्दै प्रदर्शन
  •  दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन 
  • गौर हत्याकाण्डमा २७ जनाको मृत्यु
  • घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग

जनकपुरधाम ।।

गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राजा चाहिँदैन्’ लगायतका नारा लगाएका छन् ।

२०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमको बेला झडप भएको थियो ।

जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिए पनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid