August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आर्थिक वर्षदेखि निःशुल्क तथा सहुलियत सेवा उपलब्ध

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:५0
आर्थिक वर्षदेखि निःशुल्क तथा सहुलियत सेवा उपलब्ध
  • आर्थिक वर्षदेखि ८८ वटा अस्पतालबाट निःशुल्क तथा सहुलियतमा उपचार हुने
  • निःशुल्क तथा सुहलियतमा विशेषज्ञ सेवा उपलब्ध गराउने

काठमाडौं ।।

सरकारले लक्षित वर्गका लागि निःशुल्क तथा सहुलियतमा उपचार गर्ने अस्पतालको संख्या ८६ बाट बढाएर ८८  पुर्याएको छ । स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले यो आर्थिक वर्षदेखि ८८ वटा अस्पतालबाट निःशुल्क तथा सहुलियतमा उपचार हुने जनाएको छ ।

ती ८८ वटा अस्पतालमा सामाजिक सेवा इकाइ रहेका छन् । इकाइले लक्षित समूहका सबै बिरामीलाई अन्तरंग, बहिरंग तथा आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउनेछ । साथै, सरकारले प्रदान गर्ने औषधिहरु निःशुल्क तथा सुहलियतमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

यो सेवा ७७ वटै जिल्लाका तोकिएका अस्पतालहरुबाट उपलब्ध हुँदै आएको छ । त्यस्तै, ६२ वटा अस्पतालमा भने ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक वार्डमार्फत् सेवा दिइनेछ ।

मन्त्रालयले यो आर्थिक वर्षका लागि दुईवटा अस्पताल थप गर्दै ६२ वटाबाट ज्येष्ठ नागरिकमैत्री सेवा सुरु गरेको हो । ती अस्पतालमा ६० वर्षमाथिका नागरिकले उमेरअनुसारको छुट पाउनेछन् ।

कुन उमेरकालाई कति छुट ?

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शनअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट हुनेछ । त्यस्तै, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी सरकारले ८० देखि ८४ वर्षसम्मकाले ७० देखि ७९ वर्षसम्मका नागरिकका लागि सोभन्दा कम उमेरकाहरुको भन्दा थप सुविधाको व्यवस्था गरेको छ ।

८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क हुने व्यवस्था छ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागु नहुने मार्गदर्शनमा उल्लेख छ ।

कसले पाउँछन् निःशुल्क तथा सहुलियत सेवा ?

सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालन मार्गदर्शनले निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउन लक्षित वर्ग तोकेको छ । जसअनुसार १२ वटा लक्षित समूह छुट्याइएको छ ।

यस्तै, अस्पतालले स्थानीयताको आधारमा पनि लक्षित वर्ग तोकेर सेवा दिनसक्ने उल्लेख छ । मार्गदर्शनले तोकेअनुसार निम्न समूहले निःशुल्क तथा सुहलियतमा उपचार सेवा पाउनेछन् ।

गरिब
असहाय
अपांगता भएका व्यक्ति
ज्येष्ठ नागरिक
लैंगिक हिंसापीडित
महिला स्वास्थ्य स्वयंसेविका
प्राकृतिक प्रकोपका घाइते
सहिद परिवार
कुपोषित बालबालिका
प्रहरीले ल्याएको थुनुवा
दुर्घटनामा परेका अभिभावक नभएका बिरामी र 
सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट