May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:३५
विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक
  • १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा
  •  विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक
  • यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्छ 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ ।

‘फेरि यो सानो परिमाणमा आएको सुन होइन, यत्रो ल्याउनलाई कुनै साँठगाँठबिना कोही किन तयार हुन्छ ?’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी आशंका गर्छन्, ‘त्यसैले विमानस्थलभित्र प्रहरी, भन्सारदेखि लिएर अन्य संयन्त्रका कर्मचारीहरुमाथि पनि छानबिन आवश्यक देखिएको छ ।’

हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिए पनि सबै जाँच कसरी पार भयो भन्ने अनौठो देखिएको उनले बताए ।

‘पहिले म्यानुअल्ली जाँच हुन्थ्यो, छुट्यो होला भन्ने हुन्थ्यो । तर अहिले परिस्थिति फरक हो’, उनी भन्छन्, ‘ढुक्कसँग काम गर्नलाई त कुनै नेटवर्क जोडिएको हुनसक्छ । यसमा गम्भीर छानबिन जरुरी देखिन्छ ।’

राष्ट्रिय अनुसन्धान विभाग (राअ वि) का पूर्वप्रमुख देवीराम शर्मा पनि विमानस्थलभित्र भएका संयन्त्रबारे छानबिन जरुरी देखिएको बताउँछन् ।

‘भन्सारभित्र प्रहरीको जाँच हुँदैन, त्यसमा प्रहरी र भन्सार कर्मचारीबीच समन्वय जरुरी देखिन्छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउँछ ।’ यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्ने उनी बताउँछन् ।

राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो । मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।