May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:५२
टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी
  • मैले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागे
  • उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भन्ने मात्र सोचे 
  • मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भनेर लागेको दाबी गरेका हुन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भने ।  ४ मंसिरमा भएको चुनावमा चौधरी, नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।

नयाँ पार्टीहरुले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उनले सुनाए । उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भएपनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाए ।

‘राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन्’, चौधरीले भने मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको उनले सुनाए ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्