May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक

आजको प्रतिनिधिसभा बैठक सूचनामा सिमित

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १४:५७
आजको प्रतिनिधिसभा बैठक सूचनामा सिमित
  • प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन
  • विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते हुने 

काठमाडौं ।।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगन गरिएको हो ।

सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ । क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्ने मागमा अडिन छ । सत्तापक्ष राजस्वबाट यसको अनुसन्धान भइरहेको भन्दै समिति बनाउन हतार गर्न नहुने पक्षमा छ ।

संसद्को जारी गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, उनले आजै कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गरेका छन् । तर, समस्या समाधान हुन सकेको छैन ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्