April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

जीवन परियार : दलित भनेर नै पार्टीले टिकट दिन आलटाल गर्छ

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १५:४८
जीवन परियार : दलित भनेर नै पार्टीले टिकट दिन आलटाल गर्छ
  • उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको जीवन परियारको गुनासो 
  • ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको
  • पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको

काठमाडौं ।।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार उनले ४ मंसिरको चुनावमा जम्मा ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको बताए । निर्वाचनमा मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, मानबहादुर नेपाली लगायतलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरिए पनि सम्भव नभएको सहमहामन्त्री परियारले बताए ।

अघिल्लो केन्द्रीय समिति बैठकले भ्रातृसंस्थाको नेतृत्व बनाउँदा पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको बताए ।‘भ्रातृसंस्था बनाउँदा परामर्श गरेर गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ, सभापति ज्यू’, परियारले भने । पार्टीभित्र विगतको कमजोरीहरु लुकाउँदै आइएको र त्यसलाई अहिले देखाउने कार्य प्रत्यक्ष प्रसारणमार्फत भएको उनले सुनाए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।