May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

धारिलो हतियार प्रहारबाट अनिताको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १५:५३
धारिलो हतियार प्रहारबाट अनिताको मृत्यु
  • धारिलो हतियार प्रहारबाट बूढानीलकण्ठमा एक महिलाको मृत्यु
  • ३८ वर्षीया अनिता चौधरीको मृत्यु
  • घटनाबारे थप अनुसन्धान हुँदै 

काठमाडौं ।।

धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका-४, भसन्थलीमा बस्दै आएकी सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बूढानीलकण्ठ-४ मै बस्दै आएका ५२ वर्षीय गौरासिंह बोहराले गएको आइतबार राति धारिलो हतियारले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो ।

उपचारका क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित बोहरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।