sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:३५
मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

 काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्‍न सोधेका छन् ।

बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको लागि नायव सुब्बाहरु मन्त्रीको वरिपरि घुमेर अनसन बस्ने अवस्था किन सिर्जना भएको भनी प्रश्न गरेका हुन् ।
उनले भने, ‘बाहिर चर्चा चलेको छ संघबाट सबै कार्यकारी हस्तक्षेप गर्छन् । मन्त्रीले पार्टी र जातिको आधारमा क्षमता र दक्षताको नभएकाहरुलाई पठाउने गरिन्छ, यसको अन्त्य कहिले हुन्छ ?’

सांसद राजेन्द्र पाण्डेले प्रदेशलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिकार दिए समस्या नहुने बताए । सांसद मनिष झाले कर्मचारीतन्त्रमा संघीयता अझै नआएको बताए ।
एमालेका महेश बर्तौलाले नायब सुब्बाको आन्दोलन के हो भन्दै संसदलाई जानकारी गराउन माग गरे ।

कांग्रेस सांसद बद्री पाण्डेले संघीय निजामती ऐन किन ढिला भइरहेको भन्दै प्रश्न गरे ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्मचारीहरु पार्टी को की जनताको भन्दै प्रश्न गरेका थिए । उनले कर्मचारी युनियन खारेजीको माग गरे ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid