sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनकोशी अवलोकन गर्न पुगे बाबुराम भट्टराई

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १३:५0
सुनकोशी अवलोकन गर्न पुगे बाबुराम भट्टराई
  • बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको गरे अवलोकन
  • डा. भट्टराई अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगे
  • युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड

काठमाडौं।।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त परियोजनाको अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगेका थिए ।

परियोजना अवलोकनका क्रममा अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ,’ उनले भने, ‘सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीमा बाँध बाँधेर तराईका पाँच जिल्लामा सिंचाइ तथा ३१.७ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।

सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा  पुर्याउने तयारी छ।

सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ । बागमती सिंचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid