sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनकाण्डलाई वेट एण्ड सी गर्नैपर्छ : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १७:00
सुनकाण्डलाई वेट एण्ड सी गर्नैपर्छ : मन्त्री शर्मा
  • सुन तस्करी प्रकरणको छानबिन अनुसन्धान प्रभावकारी हुँदै 
  • अनुसन्धानको लागी अर्को समिति आवश्यक पर्दैन 
  • अर्को समिति बनायो भने विषयवस्तु नै डाइभर्ट हुन्छ : रेखा शर्मा

काठमाडौं ।।

सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यो प्रकरण अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । उसले सरकारी अनुसन्धानमा शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद बैठक अवरुद्ध गरिरहेको छ ।

तर मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुटकजमा पुग्छौं भन्ने कमिटमेन्टसहित राजनीतिक नेतृत्व लागिरहेको बेला अर्को समिति बनाउने, विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पार्छ ।’

उनले सरकारले गरेको अनुसन्धान प्रभावकारी हुँदैन कि भन्ने आशंका भए केही समय पर्खिएर हेर्न समेत आग्रह गरिन् । ‘ती आशंकाको विषयमा त वेट एण्ड सी गर्नैपर्छ । समय कुरेर हेर्न सकिन्छ । आशंका गरिरहेको जस्तो भयो भने पछि समिति गठन गर्न सकिन्छ’, मन्त्री शर्माले भनिन् ।

अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय राजस्व अनुसन्धान विभाग सरकारको शक्तिशाली र अधिकार सम्पन्न निकाय हो भन्दै उनले अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।

‘अर्को समिति बनाउँदा यो चिज प्रभावित हुन्छन्, वास्तविक दोषी पहिचान गर्न पनि ढिलाढाला हुन सक्छ’ उनले भनिन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा पनि उच्च स्तरीय समिति नबनेको उनले बताइन् । यद्यपि प्रतिपक्षको मागका विषय छलफलबाट टुंग्याइने र संसद खुल्ने वातावरण बनाउने मन्त्री शर्माको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid