May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

भक्तपुर अस्पताल र नागरिकलगाएत विभिन्न अस्पतालमा मन्त्री बस्नेतको अनुगमन

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १४:0४
भक्तपुर अस्पताल र नागरिकलगाएत विभिन्न अस्पतालमा मन्त्री बस्नेतको अनुगमन
  • काठमाडौं उपत्यकाका आठवटा अस्पताल अनुगमन
  • अधिकांश अस्पतालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड नपुगेको
  • कूल शैय्याको १० प्रतिशत शैय्यामा विपन्नलाई निःशुल्क उपचारका लागि नछुट्याइएको 
  • उपत्यकाका अधिकांश अस्पताल मापदण्डअनुसार नचलेको 
  • अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारबाही गर्छौँ,”  : मन्त्री बस्नेत

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोलीले बिहीबार काठमाडौं उपत्यकाका आठवटा अस्पताल अनुगमन गर्‍यो । जसमध्ये अधिकांश अस्पतालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड नपुगेको पाइयो ।

अनुगमनमा अतिरिक्त सचिवहरु डा. विकास देवकोटा, डा. टंक बराकोटी, डा. संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा चारवटा टोली खटिएको थियो । जसमा प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, सरुवा रोग विशेषज्ञ, मानव संशाधन, अस्पताल व्यवस्थापकसहितका विज्ञ सहभागी थिए ।

अनुगमन गरिएकामा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैँसेपाटी, कान्ति बाल अस्पताल महाराजगञ्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन् ।

अनुगमनमा संलग्न टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड पालना नगरेको नपाइएको हो । सो क्रममा अस्पतालहरुले कूल शैय्याको १० प्रतिशत शैय्यामा विपन्नलाई निःशुल्क उपचारका लागि छुट्याउनुपर्नेमा त्यसो नगरेको पाइएको थियो ।

कुल शैय्याको १० प्रतिशत आकस्मिक शैय्या छुट्याउनु पर्नेमा त्यसो नगरेको, आवश्यकताभन्दा बढी शल्यक्रियामार्फत डेलिभरी गराएको, प्याथलोजी व्यवस्थित नभएको, स्टाफ नर्स तथा सहायक स्तरका कर्मचारीहरुलाई न्यूनतम तलब समेत दिने नगरिएको टोलीका संयोजक अतिरिक्त सचिव डा.टंक बाराकोटीले बताए ।

त्यस्तै, अस्पतालजन्य फोहोर व्यवस्थापनको उचित व्यवस्थापन नगरेको, अस्पतालमा उपलब्ध सेवा सार्वजनिक नगरिएकोलगायतका धेरै मापदण्डविपरीतका कार्य भएको पाइएको डा. बाराकोटीको भनाइ छ ।

मापदण्ड नपुर्‍याई सञ्चालनरत अस्पतालाहरुलाई कारबाही गरिने अनुगमनपछि मन्त्री बस्नेतले बताएका छन् । यसबारे मन्त्रालयले छिट्टै निर्णय लिने उनले प्रतिवद्धता जनाए ।

“अनुगमनको प्रारम्भिक रिपोर्टअनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्डअनुसार चलेको पाइएन । नियमविपरीत सञ्चालित अस्पतालहरुलाई अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारबाही गर्छौँ,” मन्त्री बस्नेतले भने ।

 

  • साझा परिवेश
  • -