May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै

कोशीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३६
कोशीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने
  • कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै
  • प्रदेश प्रमुख पर्शुराम खापुङले १ बजेबाट अधिवेशन आहृवान गरे
  • २० असोजमा विश्वासको मत लिने तयारी
  • मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दै

 विराटनगर ।।

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आहृवान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आहृवान गरेका हुन् ।

उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दैछ । असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आजको बैठकमा गत २४ भदौंमा सरकारले ल्याएको अध्यादेश टेवल हुनेछ । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत: पदमुक्त हुनेछन् । उपधारा ५ अनुसार सरकार गठनको प्रकृया सुरु हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।