May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

भदौमा सर्यो डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १५:५0
भदौमा सर्यो डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा
  • डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित
  • छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते हुने 

काठमाडौं ।।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि-डिप्लोमा तहको भर्नाको लागि यहि २०, २४ र २६ गते सञ्चालन हुने प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने जनाएको छ ।

सीटीईभीटीले डिप्लोमा-प्रमाणपत्र तहको छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान, पूर्ण शुल्कीय तर्फको भदौ ६ गते र प्रि -डिप्लोमा तहको छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते सञ्चालन हुने जनाएको छ ।

सीटीईभीटीले प्रवेश परीक्षाको आवेदन खुलाएपछि चिकित्सा शिक्षा आयोगले सामान्य चिकित्सा (एचए) नर्सिङ, फार्मेसी, ल्याबलगायत विषयमा सिट निर्धारण नभएको भन्दै विद्यार्थीलाई भर्ना नहुन आग्रह गरिसकेको छ । आफु खुशी चिकित्सा शिक्षाको कार्यक्रमहरुको सिट निर्धारण गर्नुको साथै सम्बन्धन दिएकोले प्रवेश परीक्षाको लागि आवेदन नदिन चिकित्सा शिक्षा आयोगले सूचना सार्वजनिक गरेको छ ।

परिषद्ले गैरकानुनी रुपमा प्रवेश परीक्षाको लागि आवेदन खुलाएको र भर्ना गरे गराएमा ती विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्ता समेत नहुने आयोगले चेतावनी दिएको छ ।

साथै भर्ना प्रकृया अगाडी बढाएको खण्डमा सीटीईभीटी माथि कानुनी कारवाही अगाडी बढाउने जनाएको छ । यहि बीच सीटीईभीटीले भने अहिले तोकिएको प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने सूचना सार्वजनिक गरेको छ ।

 

 

  • साझा परिवेश
  • -