May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

प्रदेश सभा बैठक १ बजे बस्दै

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:0२
प्रदेश सभा बैठक १ बजे बस्दै
  • गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दै
  • ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन

गण्डकी ।।

गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्