October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:२३
देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

काठमाडौं, वैशाख ८ गते । केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

वायुको गुणस्तर यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखाएको छ । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा पोल्ने, चिलाउने, छालामा एलर्जी हुने, घाँटी खसखस गर्ने, खोकी लाग्नेजस्ता समस्या उत्पन्न भएर अस्पतालमा पुग्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

छातिरोग विशेषज्ञ डा. प्रकाश पौडेल लामो समयसम्म बायु प्रदूषण कायमै रहे दीर्घ स्वास्थ्य समस्या उत्पन्न हुने बताउनुहुन्छ । काठमाडौंमा उच्च वायु प्रदूषण हुन थालेको पनि वर्षाै  भइसकेको छ । एक दशकसम्म वायु प्रदूषणको मात्रा यस्तै रहे गम्भीर स्वास्थ्य समस्या देखिने चिकित्सकको चेतावनी छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार एक्यूआई ५० भन्दा बढी रहेमा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर उपत्यकामा एक्यूआइमा १९२ देखाएको छ । जुन झण्डै चार गुणा बढी हो । डब्लूएचओको एक तथ्याङ्कले १० मध्ये ९ जनाले उच्चस्तरको प्रदूषण भएको हावामा सास फेर्ने देखाएको छ । वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु भइरहेको डब्लूएचओको तथ्याङ्क छ ।

प्रदूषणले स्वास्थ्यमा कस्तो असर गर्छ  ?

वायु प्रदूषणले शरीरका सबै अङ्गमा उत्तिकै असर गर्ने गर्छ । वायु प्रदूषणले छाला, श्वासप्रश्वास सम्बन्धी, आँखालगायतका अङ्गमा बढी असर गर्ने डा पौडेलको भनाइ छ ।  उहाँका अनुसार वायु प्रदूषणले उच्च रक्तचाप, दम, लगायत विभिन्न श्वासप्रश्वास सम्बन्धी समस्या, क्यान्सर, फोक्सोको समस्या, मुटुको समस्या हुन्छ । यसका साथै हावामा भएको भाइरसले सङ्क्रामक रोग लाग्ने चिकित्सकको भनाइ छ । प्रदूषित हावा श्वास फेर्न अयोग्य भएकाले काम नपरेसम्म घरबाट ननिस्कन र निस्कनै  परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञको सुझाव छ ।

छालारोग विशेषज्ञका डा.सविना भट्टराईका अनुसार प्रदूषणले सबैभन्दा पहिले छालामा असर गर्छ । छाला चिलाउने, एलर्जी हुने, डाबर आउने, छाला सुख्खा हुनेजस्ता समस्या देखिने उहाँको भनाइ छ । प्रदूषण लामो समयसम्म छालाको समर्पक मा रहिरहेमा शरीरका अन्य अङ्गमा पनि असर गर्ने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञका अनुसार प्रदूषणले सबैभन्दा बढी फोक्सोमा असर गर्ने गर्छ । २० माइक्रोग्राम भन्दामाथि फोहोर भयो भने शरीरमा प्रवेश गर्न नसक्ने चिकित्सक बत्ताउँछन् ।

फोक्सोको १० माइक्रोग्रामदेखि २० माइक्रोग्रामसम्म भयो भने श्वासनलीसम्म प्रवेश गर्ने गर्छ । पाँचदेखि १० माइक्रोनसम्मको भयो भने वायुमण्डलमा रहिरह्यो भने फोक्सोको तल्लो भागमा असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । यदि वातावरणमा २ माइक्रोग्राम भन्दा साना धुलो वा धुवाँका कण भए सिधै रक्तसञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गमा जाने गर्दछन् ।

प्रदूषणले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ  

विभिन्न रोगबाट पीडित भएका मानिसलाई प्रदूषणले अन्यभन्दा बढी असर गर्ने विशेषज्ञको भनाइ छ । बालबालिका लामो समयसम्म प्रदूषणको सम्पर्कमा भए उनीहरूको उमेर अनुसार तौल नबढ्ने समस्या हुन्छ । त्यसै गरी, रगतमा अक्सिजनको मात्र घट्दै जाने, तौल नबढ्ने, रोग प्रतिरोधात्मक  क्षमता कम हुने जस्ता समस्या उत्पन्न हुन्छन् ।

प्रदूषित हावामा विभिन्न प्रकारका भाइरस र कीटाणु भएको खण्डमा फोक्सोमा समस्या आउँछ । जसले गर्दा समयमै उपचार नभए मान्छेको मृत्युसमेत हुने चिकित्सक बताउँछन् । वायुमण्डलमा इन्फेक्सन बनाउने भाइरस हुनेहुँदा विभिन्न सङ्क्रमणजन्य रोग जस्तै इन्फ्युन्जा, निमोनिया हुने सम्भावना बढ्छ ।  जोखिमबाट जोगिन इन्फ्युन्जा, निमोनियाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ ।

सुख्खा हावाले आँसु सुकाउँछ 

नेत्ररोग विशेषज्ञ डा. सुमित पाण्डेले वायु प्रदूषणले हुने कणले आँखामा असर गर्ने बताउनुहुन्छ । उहाँका अनुसार आँखामा धुलोका कण परेपछि आँसु सुक्ने, आँखा सुख्खा हुने,  पोल्ने, चिलाउने जस्ता लक्षण देखिन्छन् । उहाँ भन्नुहुन्छ, “आँखा प्रत्यक्ष हावाको समर्पकमा आउने गर्छ । हावामा भएको तत्त्व आँखामा  गएर आँखा पोल्ने, एलर्जी हुने, रातो हुने, चिलाउने दुख्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।” सुक्खा वातावरणले हुने भएकाले आँखा जोगाउन घरबाहिर निस्कँदा चस्मा लगाउने, मोटरसाइकलमा हिँड्ने मानिसले हेलमेटको भाइजर लगाउन चिकित्सकको सुझाव छ ।

जोखिम समूह  

वायु प्रदूषणले दम लगायतका श्वासप्रश्वास सम्बन्धी समस्या भएकालाई थप जटिलता बढ्ने चिकित्सक बताउँछन् । प्रदूषणले लगभग सबै उमेर समूहलाई असर पुर्‍याउने गर्छ । तर विशेष गरी, पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा हुने चिकित्सक बत्ताउँछन् । यस्ता मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोगले सबैभन्दा पहिले उनीहरूलाई नै असर गर्छ ।

प्रदूषणबाट बच्ने उपाय

वायु प्रदूषणबाट जोगिन आफ्नो कार्यालय, घर वरिपरि सफा राख्ने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ । सरकारी स्तरबाट पनि प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्य गर्नुपर्ने विज्ञको सुझाव छ । दीर्घकालीन रूपमा समस्याको समाधान गर्न प्रदूषित धुवाँ निकाल्ने गाडीलाई बन्द गर्ने, निमार्ण कार्य गर्दा सम्बन्धित ठाउँलाई राम्रोसँग छोपेर गर्ने, घरवरिपरी फोहोर नथुपार्ने जस्ता कार्य गर्दा प्रदूषण कम हुन सक्ने विज्ञको दाबी छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट