May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सरकारले दिएको उपचार खर्च नलिने कानुनमन्त्री धनराजको प्रतिवद्धता

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:0३
सरकारले दिएको उपचार खर्च नलिने कानुनमन्त्री धनराजको प्रतिवद्धता
  • मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने 
  • राज्यकोषबाट एक रुपैयाँ पनि नलिने प्रतिवद्धता

काठमाडौं ।।

कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने प्रतिवद्धता व्यक्त गरेका छन् । गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ब्लड प्रेसरमा कमि आएपछि उनी उपचारका लागि भर्ना भएका थिए । तिन दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार बोल्ने क्रममा उपचार खर्चको कुरा गुरुङले उठाए । उपचार गरि फर्केपछि सरकारी अधिकारी उपचार खर्च लिन सुझाव दिएपनि सरकारी खर्च नलिने प्रतिवद्धता उनले गरे ।

उपचारपछि सरकारी कर्मचारीले आफूलाई दिएको सल्लाहबारे गुरुङले भने,‘उपचारमा त ठूलै खर्च भयो होला । तपाई आफैं मन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद्बाट खर्च लिँदा भैहाल्छ नि भन्ने सुझावहरु आए ।’ जबसम्म गरिबभन्दा गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च नलिने प्रतिवद्धता उनले सुनाए ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।