काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ ।
नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ । देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा पनि छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए । विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो ।