October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रोकिएन नदीजन्य पदार्थको चोरी निकासी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४७
रोकिएन नदीजन्य पदार्थको चोरी निकासी

घोराही । लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो।

उपप्रमुख योगीका अनुसार शनिबार नै अवैध रूपमा ढुवानी गर्दै गरेका तीन वटा ट्याक्टरसमेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। अनुगमनका क्रममा  लमही नगरपालिका–२ को छिगटपुर घाटबाट अवैध उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। नगरपालिकाले राप्ती नदीबाट अवैध तरिकाले गिट्टी बालुवा ल्याउँदै गरेका रा १ त ३८०६, रा १ त ४०७३ र रा १ त ४२१९ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि आवश्यक प्रव्रिmया सुरु गरेको छ। त्यसै गरी राजपुर गाउँपालिका–२, मटेरिया घाटमा गत चैत १३ बाट उत्खनन सुरु भयो। सडक ग्राभेल गर्ने बहानामा नदीमा मनपरी उत्खनन भइरहेको भन्दै स्थानीयले आवाज उठाएपछि अनुगमन गरिएको थियो। नदीमा निरन्तर जेसिबी लगाएर  ट्याक्टरले नदीजन्य पदार्थ ओसार्ने काम गरेको स्थानीय रामचन्द्र यादवले बताउनुभयो।

जिल्लाका स्थानीय सरकारले नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न नसक्दा लाखौँ मूल्य बराबरको नदीजन्य पदार्थ दिनहुँ चोरी निकासी हुने गरेको छ। पछिल्लो समय देउखुरीको राप्ती नदीसँगै दाङ उपत्यकाको हापुर खोला, गुहार खोला, बौलाहा खोलालगायतका विभिन्न स्थानबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको छ। चोरी निकासी रोक्न नसक्दा लाखौँको राजस्व पनि गुमेको छ।

नदीजन्य पदार्थको चोरी निकासी बढेपछि जनताले आवाज उठाउँदासमेत कसैले नसुन्ने गरेको स्थानीय हेमकुमार जिसी बताउनुहुन्छ। जनप्रतिनिधिको संरक्षण हुँदा चोरी निकासीमा संलग्नको मनोबल बढेको स्थानीयको बुझाइ छ। तर ठेक्का लगाएर उत्खननको अनुमति दिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव बताउनुहुन्छ। उहाँले नियमपूर्वक नै नदीजन्य पदार्थ उत्खनन गर्ने जिम्मा दिएको र अनुगमन गरिएको बताउनुभयो। उपाध्यक्ष यादवले भन्नुभयो, “केही घटनाबाहेक अधिकांश नदीजन्य पदार्थ उत्खननका लागि दिएको ठाउँबाटै उठ्ने गरेको छ। नियम अनुसार भए/नभएको बारे बुझ्नलाई हामीले अनुमगनसमेत गर्ने गरेका छौँ।”

लमही नगरपालिकाले यसपालि कुनै पनि घाटमा ठेक्का लगाउन सकेन। यसले गर्दा चोरी निकासी बढेको छ। नगरपालिकाको अनुगमनपछि चोरी निकासी कम हुने उपप्रमुख योगी बताउनुहुन्छ। उपप्रमुख योगीले भन्नुभयो, “नदीजन्य पदार्थ चोरी निकासी भएका खबरहरू आइरहेका छन्। कतिपयलाई समातेर कारबाहीसमेत गर्ने गरेका छौँ तर चोरी निकासी रोक्न एक्लो प्रयासले सम्भव छैन।” गढवा गाउँपालिकाले मुस्किलले पाँच स्थानमा ठेक्का लगाएको छ। ठेक्का लगाउँदा पनि चोरी निकासी नियन्त्रण हुन नसकेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल बताउनुहुन्छ। अध्यक्ष पोख्रेलले भन्नुभयो, “नदीजन्य पदार्थ नियन्त्रणका लागि हामीले प्रयास गर्दागर्दै पनि पूर्ण रूपमा नियन्त्रण गर्न सकेका छैनौँ। प्रयास जारी राखेका छौँ।”

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्