May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:४४
सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट
  • अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगे
  • भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदान भए 
  • मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने

काठमाडौं ।।

सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

कुरा गर्दै साहले भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदानका कुराहरु भएको बताए । यसअघि पनि भाजपासँग आफूहरुको सम्बन्ध रहँदै आएको उनले बताए ।

‘राजनीतिक भेटघाट र दुई पार्टीबीच सहकार्यका बारेमा कुरा भयो,’ साहले भने, ‘हामी पहिले पनि आएका थियौं । चुनाव सकिएपछि दुई पार्टीको सम्बन्ध लगायतका विषयमा कुरा भएको छ । अरु ठोस कार्यसूची छैन । केही राजनीतिक भेटघाट र अध्यक्षज्यूका व्यक्तिगत कामसमेत छन् ।’

भाजपाले ट्वीट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्टता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ ।

विगतमा भाजपा भारतको सत्तामा आउने बेलामा राउतले नेपालमा पृथकतावादी नारा दिएर अभियान चलाएका थिए । त्यस बेला भारतका नेताहरुबाट आफूले चाहेजस्तो सहयोग नपाएको बताउने गरेका राउतले मूलधारको राजनीतिमा प्रवेशसँगै भारतीय पक्षको स्वागत पाएको देखिन्छ ।

नेपालमा राउतको दल जनमतबाट भर्खरै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा सहभागिता समेत भइसकेको छ । मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने कार्यक्रम छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट