May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज

निरन्तर संसद अवरोधले कामकारबाहीमा असर पर्यो : रमेश लेखक

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:५४
निरन्तर संसद अवरोधले कामकारबाहीमा असर पर्यो : रमेश लेखक
  • निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर पर्यो 
  • अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्यो 
  • लेखकद्वारा संसद अवरोध ब्रिफिङ

काठमाडौं ।।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग छ । शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्ष ज्यादा एग्रेसिभ र अधैर्य भएर प्रस्तुत भइराख्या छ’ प्रमुख सचेतक लेखकले भने । उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए । शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन् ।’

लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे । ६/७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स-साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृति देखा परेको बताए । यस सम्बन्धमा पार्टीले राजनीतिक रुपमा निर्णय गनै गरेर बोल्नुपर्ने पमुख सचेतक लेखकको आग्रह छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।