April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

भ्रष्टचारको र्याल चुहाउँदै विद्यालयको माटो नै बेच्ने ४ जनालाई मुद्दा

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १४:0१
भ्रष्टचारको र्याल चुहाउँदै विद्यालयको माटो नै बेच्ने ४ जनालाई मुद्दा
  • विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार
  • अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
  • माटो किन्ने इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि मुद्दा
  • ७ लाख २९ हजार ५१४ रुपैयाँ हिनामिना र हानीनोक्सानी गरेको अख्तियारको दाबी

काठमाडौं ।।

विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् ।

माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरुले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६र०७७ र २०७७र०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ ५० पैसा सरकारी रकम हिनामिना र हानीनोक्सानी गरेको अख्तियारको दाबी छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट