sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मस्यौदा बनाउन सुवास नेम्बाङलाई दिंदा ओली परे अप्ठेरोमा

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:0२
मस्यौदा बनाउन सुवास नेम्बाङलाई दिंदा ओली परे अप्ठेरोमा
  • बैठक नबस्नुमा केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन
  • सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो
  • मस्यौदा बनाउन ओलीले सुवास नेम्बाङलाई दिएका थिए जिम्मा 

काठमाडौं ।।

मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । त्यसैले सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो ।

जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन ओलीले आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङलाई खटाएका थिए । कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डे सहित नेम्बाङले सहमतिको ड्राफ्ट मंगलबार नै तयार पारेका थिए । ओलीले नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर यसबारे ब्रिफिङ समेत मागेका थिए ।

बुधबार ११ बजे सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा भने ओली र नेम्बाङबीचको सौहार्दतामा केही तलमाथि परेको प्रष्टै देखियो । सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग दुई बुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको सामान्य भनाभन पर्‍यो ।

‘के लेख्या यस्तो ?  यस्तै हुन्छ सहमतिको ड्राफ्ट ? ’ ओलीले सबैका सामू नेम्बाङतिर हेर्द भने, ‘लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’ ओलीको प्रस्तुतिले बैठकमा असहजता छाएको थियो । नेम्बाङले पनि आफ्नो दलका अध्यक्षको प्रस्तुतिसँग संकोच माने । उनले ओलीतिर नेहेरीकन जवाफ फर्काए, ‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।’

ओलीले दुई बुँदे सहमतिको कुन शब्द वा प्रसंगमा चित्त नबुझाएका हुन् भन्ने कुरा बैठकका सहभागीहरुले खुलाएनन् । बैठकले सुन काण्डको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बनाउने लगायतका सहमति गरेको छ ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid