May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

दिल खोलेर खेल्ने छौं, एसिया कप राम्रो हुनेछ : क्रिकेटर सन्दीप

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:0१
दिल खोलेर खेल्ने छौं, एसिया कप राम्रो हुनेछ : क्रिकेटर सन्दीप
  • सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
  • सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास 
  • नेपालले पाकिस्तान र भारतसँग खेल्ने

काठमाडौं ।।

एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कपमा राम्रो गर्ने छौं ।’

टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ । सन्दीपले भने, ‘त्यो खेलमा हार जित भन्दा पनि हामीले उहाँहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं।’

‘यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट