sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चीनमा बाढीले वितण्डा मच्चाएपछि….

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:२१
चीनमा बाढीले वितण्डा मच्चाएपछि….
  • चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गर्दै 
  • बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन
  • चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी

काठमाडौं ।।

चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए । बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ ।

चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्‍याएकोले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन । यसको असरको मूल्यबारे कुरै नगरौं । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।

बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid