May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

सर्वोच्चका न्यायाधीशविरुद्ध नै उजुरी

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १२:0७
सर्वोच्चका न्यायाधीशविरुद्ध नै उजुरी
  • न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान
  • १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय
  • नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौं ।।

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो । अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट