April 25, 2025 | शुक्रबार, बैशाख १३, २०८२
सुचनाहरु
नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ? किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ? सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी  पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न  सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै अबको दुई दिन तराईमा तातो हावा चल्ने  जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक यस्तो छ कक्षा १२ को नयाँ रुटिन हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान  सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी  जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान 

गोसाइँकुण्डबाट फर्कंदा हराएका १६ वर्षीय प्रवेश ३ दिनपछि फेला परे

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:३१
गोसाइँकुण्डबाट फर्कंदा हराएका १६ वर्षीय प्रवेश ३ दिनपछि फेला परे
  • जनैपूर्णिमाको दिन हराएका तामाङ भेटिए 
  • प्रवेश तामाङ शनिबार अपराह्न फेला परे
  • ८०-९० जना सुरक्षाकर्मी परिचालित भएका थिए

रसुवा ।।

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् ।

आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए ।

उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए । प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो ।

ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०-९० जना सुरक्षाकर्मी परिचालित भएका थिए । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् ।

दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट