May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

शिक्षा र कानुनमन्त्रीले आज मौखिक जवाफ दिने

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० ११:३९
शिक्षा र कानुनमन्त्रीले आज मौखिक जवाफ दिने
  • प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दै
  • मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची
  • प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने

काठमाडौं ।।

प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।

संसद सचिवालयलका प्रवक्ता एकराम गिरीका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउँछन् । सांसदले दर्ता गरेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयका अनुसार सोमबार नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रश्न सोध्ने र त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिने तय भएको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ८ मा प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ सांसदहरुले कुनै पनि विषयमा मन्त्रीहरुलाई प्रश्न सोध्न सक्ने र त्यसको प्रक्रिया उल्लेख छ । संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।

  • साझा परिवेश
  • -