May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ?

मेची राजमार्गमा क्षमता भन्दा बढी लोडमा खुलेआम कुद्दै मालवहाक सवारी

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० २१:२८
मेची राजमार्गमा क्षमता भन्दा बढी लोडमा खुलेआम कुद्दै मालवहाक सवारी

खगेन्द्र घिमिरे
झापा ।। मेची राजमार्गमा चल्ने ट्रक पिकप लगायत अधिकार्ष ढुवानिका सवारीहरू क्षमता भन्दा बढी सामान लिएर चल्ने गरेको पाइएको छ । नियमको धज्जी उडाउँदै क्षमता भन्दा बढी ओभरलोड गर्दा मेची राजमर्ग हरेक दिन जसो दुर्घटनाको जोखिम बढदै गएको छ ।
निजि फाइदाको लागि व्यापारी ले बाटो छलेर जादा सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै यसको अवस्था बुझन बुद्धशान्ति गाउँपालिका वाड नं ३ स्थित जयगंगा धर्मकाँटा तौल पुल स्थापना भएको छ ।

जहा पछिल्लो समय काँटा गराई क्षमता भन्दा बढि भएका सवारी चालक हरूलाई सम्झाइ बुझाई दुर्घटना हुने कारण साथै सडकको क्षमता कानुनत दुर्घटना हुँदा चालक हरूलाई पर्ने असर बारे बुझाउँन थालिएको छ ।
सो धर्मकाटामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचिराजमार्ग ट्रक कमिटिको आयोजनामा मंंगलबार दुर्घटना न्युनीकरण सम्बन्धमा यातायात व्यवस्था कार्यलयका प्रतिनिधी जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि मजदुर सङगठन नियमनकारी निकायका प्रतिनिधि नेपाल यतायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि संन्चारकर्मी लगायतको उपस्थितिमा चेकजाच गर्दा यस्तो भेटिएको हो ।

चेकजाँचको क्रममा क्षमता भन्दा बढी सामान बोक्ने सवारीलाइ कानुन अनुसार कार्बाही समेत हुने संस्थाका उपमहासचिव देवी प्रसाद भट्टराईले बताउनु भयो ।दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत श्रावण ७ गते बाट संन्चालमा आएको बुद्धशान्ति गाउँपालिका रहेको यस जयगंगा धर्मकाँटा तौल पुल सरकारले चासोको साथ हेरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका बाट रोङ गाउँपालिका मेचिराजमार्ग हुँदै ईलाम पाँचथर ताप्लेजुङ सम्म जाने गाडिहरू यहि बाटो जाने भएकाले सडकको क्षमता कति छ भौगोलिक अवस्थामा सडक कस्तो छ भन्ने विचार नगरि र तौल पुलमा गाडी चेक नगरि सवारी चलाउदा ठुलठुला दुर्घटना हुने गरेको अध्यक्ष प्रसाईको भनाइ छ । ।
मंगलबार भएको चेक जाँचको क्रममा ट्रकको क्षमता भन्दा बढि लोड लिएर आउने चालकहरू भेटिएका थिए । उनीहर्रु फ्याक्ट्री बाट नै गाडिको क्षमता भन्दा बढि बोक्न बाध्य बनाएको बताए । चालकहरूले ट्रकको क्षमता भन्दा बढि माललोड गरि सवारि चलाउन बाध्य रहेको र दुर्घटना हुँदा मात्र आफुहरूलाई दोस लगाउने गरेको चालकहरु बताउँछन ।

 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० २१:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।