April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १४:४४
सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की
  • नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामद्वारा 
  • प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की

विराटनगर ।।

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् ।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छाैं’, हाङगामले डीएसपी राजन लिम्बूलाई धम्की दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हाङगामले भनेका छन्, ‘सक्छस् भने यहीँ आइज, म लुगा खोल्न तयार छु, खेल्न सक्छस् भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाई म तीन सेकेण्ड पनि राख्दिन बाँकी ।’ राजनीति उखरमाउलो किसिमले तातिएको बेला आफूहरु मान्छे मार्न पनि नडराउने उनको धम्की थियो ।

कांग्रेस सांसद हाङगाम गत वर्ष मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १(१) बाट कोशी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुन् ।

बिहीबार राति ताप्लेजुङमा मिनी मेला सकिएपछि प्रहरी र हाङगामका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि हाङगामका कार्यकर्ता प्रहरीमाथि जाइलागेको थियो ।

विवादपछि बिहीबार राति करिब साढे १० बजे प्रहरी टोली सांसद हाङगामको फुङ्लिङ नगरपालिका-५ स्थित घरमा पुगेको थियो । जसको भिडियो सांसद हाङगामको सचिवालयले सामाजिक सञ्जालमा राखेको छ । प्रहरी टोलीले घरको गेटमा लात्तीले हानेको भिडियोमा देखिन्छ ।

घरमा हुलहुज्जत गरेको विरोधमा शुक्रबार हाङगामका कार्यकर्ताले फुङलिङ बजार केही समय बन्द गरे । जिल्ला प्रहरी कार्यालयमा पनि ढुंगामुढा गरे । ढुंगामुढा गर्ने टोलीलाई लखेट्न प्रहरीले अश्रुग्यास र हवाइ फायर पनि गरेको थियो । त्यसपछिको कोणसभामा हाङगामले आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

यो अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि सांसद हाङगामको आलोचना भइरहेको छ । सांसद हाङगाम भने मध्यरातमा डीएसपी लिम्बूले आफूलाई मार्न टोली पठाएकाले आफूले सार्वजनिक मञ्चबाट चुनौती दिएको खुलेआम स्वीकार गर्छन् ।

‘प्रहरीले राति आएर मेरो घरमा हुलहुज्जत गरेको, मार्छु भनेकोमा आँखा परेन तपाईहरुको ?’  उनले भने, ‘मेरो घरमा मलाई मार्नका लागि आउँछन् भने मृत्यु स्वीकार गर्दिन, एक मुठी सास भएसम्म लड्छु ।’

सुरुमा प्रहरीले आफूलाई आक्रमणको प्रयास गरेको दाबी गर्दै हाङगाम भन्छन्, ‘इँटाको जवाफ मैले पत्थरले दिएको हो, मलाई मार्न डीएसपीले मेरो घरमा मान्छे पठाए, विराटनगरमा मार्छु भनेका छन्, गाली पनि गरेका छन् ।’

आफ्नो घरमा प्रहरी टोली आएपछि विवादको सुरुवात भएको बताएका हाङगामले डीएसपीले आफूलाई सुरक्षा दिनुपर्नेमा ‘हान्न’ टोली पठाएको जिकिर गरे । ‘उहाँले मलाई हान्न घरमा प्रहरी पठाएपछि मैले खुला रुपमा आमसभामा बोलेको हो’, उनले भने, ‘उहाँले बोल्नुभएको छैन, हान्न पठाउनुभएको छ, उहाँले मलाई सुरक्षा दिने हो कि हान्न पठाउने हो ?’

नेपाल तरुण दलले प्रहरीले प्रदेशसभा सदस्य हाङगामको घर घेराउ गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेक दाबी गरेको छ । अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा ताप्लेजुङमा अराजक र आपराधिक प्रवृत्ति देखाएको, डर, धाक, धम्की देखाएको र जिल्लामा त्रास सिर्जना गरेको भन्दै जिल्ला प्रशासन प्रमुख (प्रमुख जिल्ला अधिकारी), प्रहरी प्रमुख राजन लिम्बू र सांसद लिम्बूको घर घेराउमा जाने प्रहरी निरीक्षकलाई निलम्बन गर्न माग गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट