April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

लोकतान्त्रिक आन्दोलनमा नेम्वाङको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ : रास्वपा

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:४८
लोकतान्त्रिक आन्दोलनमा नेम्वाङको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ : रास्वपा
  • उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त
  • डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त
  • लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टीको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वसभामुख समेत रहनुभएका नेम्वाङले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ ।’

आजका लागि निर्धारण गरिएका पार्टीका कार्यक्रम स्थगित गरेको र अन्त्यष्टिका दिन सरकारले सार्वजनिक शोक बिदाको निर्णय गरेकाले त्यस दिनसमेत पार्टीका कुनै कार्यक्रम नगर्न नगराउन पनि ढकालले भनेका छन् । नेम्वाङको आज सोमबार बिहान निधन भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट