October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना नगर प्रहरीको जिम्मेवारी बाट बखास्त

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:४८
विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना नगर प्रहरीको जिम्मेवारी बाट बखास्त

विराटनगर । विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो । महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नै नाममा विज्ञप्ती जारी गर्दै नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागुहुने गरि सेवाबाट हटाएको जानकारी दिइएका छन् ।

महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो । सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिकाले गाली गरेको र त्यसपछि अन्य नगर प्रहरीसहितको टोलीले यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पु¥याएका थिए । घटना मिलेपनि जसपा मोरङले आन्दोलनको घोषणा गर्दै संलग्नहरुलाई हटाउनुपर्ने माग गरेका थिए । भदौ ३१ गतेको वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो ।

मेयर कोइरालाले आर्फैले ड्युटीमा खटाएका कर्मचारीलई अरुले अभद्र व्यवहार गर्दा बचाउमा लाग्नुपर्नेमा उल्टै हटाउने सहमति जनाएका छन् । त्यसको लगतै दुई दिन बित्न नपाउँदै स्पष्टीकरणको म्याद समेत नदिईकन हटाएका छन् । मेयर कोइरालाको यो कार्यले विराटनगरमा नगरप्रहरीको सहयोगमा गर्नुपर्ने कुनैपनि काम कार्यान्वयन हुननसक्ने सम्भावना बढेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट