May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १0:१४
टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

काठमाडाैँ । टेलिश्रृङ्खला मात्रै प्रसारण गर्ने उद्देश्यले नयाँ टेलिभिजन प्रिज्मा टेलिभिजन आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच टेलिभिजनको औपचारिक जानकारी दिइयो ।

कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले प्रिज्मा टेलिभिजन विश्वभर छरिएर रहेका नेपाली भाषीलाई एक सूत्रमा बाँध्ने बताए । उनले प्रिज्मा टेलिभिजन भिन्न सोचका साथ आएकोले सबैको साथ र सहयोग मिल्ने अपेक्षा गरे । ‘फिल्म क्षेत्रलाई सङ्कुचित क्षेत्रभित्र राख्दै आइएको थियो ’ शाहले भने ‘टेलिश्रृङ्खलालाई सङ्कुचित घेराभित्र राख्न हुँदैन ।’

कार्यक्रममा प्रिज्मा टेलिभिजनका सञ्चालक तथा कलाकार पनाह अधिकारीले सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रूपमा मुलुककै पहिलो च्यानल हुने बताइन् । विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण गर्ने च्यानलको उद्देश्य रहेको उनले सुनाइन् ।

टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रूपमा सिरिजको माध्यम अपनाइने प्रिज्माको प्रमुख उद्देश्य रहेको कार्यकारी निर्देशन निर्जल श्रेष्ठले बताए । प्रसारण गरिने मनोरञ्जनात्मक सामाग्रीले प्रिज्माको परिचयको दायरा फराकिलो बनाउने विश्वास उनको विश्वास रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।