May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

अर्थतन्त्रमा मन्दी भए पनि अब सुध्रिदै छ : अर्थमन्त्री महत

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १६:१३
अर्थतन्त्रमा मन्दी भए पनि अब सुध्रिदै छ : अर्थमन्त्री महत
  • व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्तियो 
  • भृकुटीमण्डपमा नाडा अटो सो २०२३’ को उद्घाटन समारोह शुरु 
  • खर्च बढाउनु पर्ने अहिलेको अवस्था छ  तर डराईरहेका छन् 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मन्दी आउनुमा व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्त्तिएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो सो २०२३’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री महतले खर्च बढाउनु पर्ने अहिलेको अवस्था भएको बताएका हुन् ।

अहिले अर्थतन्त्रमा मन्दी रहेको भन्दै अवस्था अब सुध्रिने उनले बताए । आर्थिक विकासको संवाहक निजी क्षेत्र भएको भन्दै अब विश्वास गर्नुपर्ने बताए । “अर्थतन्त्रमा समस्या छ । तर यो समस्या धेरै रहँदैन । जग्गा कारोबारमा कित्ताकाट र ऋणको कुरामा समस्या थियो । पैसा नघुम्दा समस्या भएको हो । खर्च गर्ने आत्मबल नभएको प्रस्ट छ । यसले लागि के गर्नु भन्ने पनि परेको छ,” उनले भने, “लगानीकर्ताले ऋण लिन आँट गर्दैनन् । सबैले खर्च बढाउनु पर्छ ।

निजी क्षेत्रले तर्कसहितका सुझाव दिएको छ । हामी ती सुझाव मान्छौँ ।” त्यस्तै, डिलर बढी भएको भन्दै मर्ज गर्नुपर्ने दिन आउने मन्त्री महतले बताए । अब ईभीको युग भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट