April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

‘भगवत् गीता’ को ठाउँ ‘जवान’ ले लियो

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:१४
‘भगवत् गीता’ को ठाउँ ‘जवान’ ले लियो
  • शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाए
  • चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दियो 
  • विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिइयो 

काठमाडौं ।।

‘जवान’ र ‘नन् २’ को दबदबाबीच शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाएका छन् । चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दिएका छन् ।

विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा भने यो फिल्मले नौ शो पाएको छ । स्टारकास्ट र ब्यानरको आधारमा झरना थापा निर्देशित फिल्मले पाएको शो न्यून हो ।

यो फिल्मलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच, आईएनआईले चार शो दिएका छन् । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’लाई क्यूएफएक्सले देशव्यापी २७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा १२ शो दिएको छ । वान सिनेमाजले ७ शो, बिग मुभिजले ४, आईएनआईले ६ शो दिएको छ ।

समग्रमा यी दुई फिल्मले पाएको शो अपेक्षाभन्दा न्यून हो । विदेशी फिल्मको दबदबाबीच यी फिल्मले कसरी उल्लेख्य ओपनिङ गर्न सक्लान् भन्ने कुरा चुनौतीपूर्ण देखिन्छ । वर्ड अफ माउथ बलियो भए एक भगवत् गीता र नांगो गाउँले शो संख्यामा वृद्धि गर्न सक्छन् ।

‘जवान’ र ‘नन् २’ को व्यापार दोस्रो हप्तामा केही घट्न सक्छ, जसको फाइदा यी दुई नेपाली फिल्मले उठाउन सक्छन् । तीज पर्वको छेकोमा र एक सातामै तीन दिनको सार्वजनिक बिदाको फाइदा पनि यी दुई फिल्मलाई पुग्न सक्छ ।

तर हल सञ्चालक चाहिं शो संख्याभन्दा पनि उपलब्ध गराइएका शोको अकुपेन्सी महत्वपूर्ण हुने बताउँछन् । ‘दिइएका शोमा खचाखच दर्शक आए भने शो संख्या बढ्न सक्छ,’ एक हल व्यवस्थापकले भने ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट