sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:३६
वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

वीरगञ्ज महानगरपालिकाले ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ।

विभिन्न मिति र विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई २६ भदौदेखि लागू हुनेगरी कामबाट बर्खास्त गरिएको वीरगन्ज महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए।

महानगरपालिकामा गैरकानूनी रुपमा कर्मचारी भर्ना गरिएको र वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो।

वीरगञ्ज महानगरपालिकासँग आयोग र केन्द्रले पटक पटक कर्मचारी भर्ना सन्दर्भमा जवाफ मागे पनि कर्मचारी भर्ना गर्नुपर्ने कारण महानगरले खुलाउन सकेको थिएन।

जथाभावी कर्मचारी भर्ना गरेको अभियोगमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई कार्वाही गर्न तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेपछि कर्मचारी बर्खात गरिएको स्रोतले जनाएको छ।

वीरगन्ज महानगरले नगर प्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखासमेतमा काम गर्नेगरी विभिन्न पदमा चार सय ५० जना कर्मचारी भर्ना गरेको थियो।

महानगरले दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख तलब खुवाउँदै आएको थियो।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid