नेपालगञ्ज । नेपालगञ्जकाे राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जंगलमा मृत भेटिएका छन्।

सोमबार दिउँसो हिजाे १:३० बजे विद्यालयबाट निस्केका शिक्षक रेग्मी बजार हुँदै गएर घर गइ बैठकमा जाने भन्दै निस्केका थिए।

राति अबेरसम्म घर नआएपछि उनकाे खाेजी थालिएकाे थियाे। मंगलबार पूर्वपश्चिम राजमार्गकाे ढकेरी नजिककाे जंगलमा रेग्मीकाे शव भेटिएकाे छ। शव जलेकाे अवस्थामा रहेकाे छ।

सडकमा माेटरसाइकल थियाे। राजमार्गदेखि सय मिटर टाढा शव भेटिएकाे छ। रेग्मीले आत्महत्या गरेकाे कि कसैले हत्या गरेकाे यकिन भइसकेकाे छैन।

प्रहरीले अनुसन्धान थालेकाे जनाएकाे छ।