May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

सुन तस्करद्वारा हुण्डी शैलीमा सुनको बिक्री वितरण

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:२१
सुन तस्करद्वारा हुण्डी शैलीमा सुनको बिक्री वितरण
  • हुण्डी कारोबारमा पहिल्यै एउटा नोटको फोटो माग्ने नियम 
  • त्योसँग मिल्दो नम्बर भएको नोट लिएर पुग्नेलाई मात्र भुक्तानी दिने 
  • सुन तस्करीमा पनि हुण्डी शैली प्रयोग गरेर सुनको बिक्री वितरण गर्ने गरेको पाइयो 

काठमाडौं ।।

हुण्डी कारोबारमा संलग्नहरुले भुक्तानी लिन आउनेको पहिचानका लागि पहिल्यै एउटा नोटको फोटो माग्छन् । त्योसँग मिल्दो नम्बर भएको नोट लिएर पुग्नेलाई भुक्तानी दिन्छन् ।

६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोहले पनि यही शैली प्रयोग गरेर सुनको बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा चिनियाँ गिरोहको नाइकेले ह्वाट्स एपमार्फत नेपाली रुपैयाँको नोट पठाउने गरेको पाइएको हो । त्यो नोट लिएर जाने व्यक्तिलाई सुन पठाउने गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताए ।

‘ह्वाट्स एपमा १० रुपैयाँको नोट पठाएको पाइएको छ, त्यो नोट लिएर जाने व्यक्तिले सुन पाउने देखिएको छ’, उनले भने, ‘नोट सुन लिन पाउने मान्छेको भेरिफिकेसनका लागि प्रयोग गर्ने गरेको देखिएको छ ।’

सुन गाल्न टोखा र लाजिम्पाटमा भएको फ्याक्ट्रीमा काम गर्ने समूहले चिनियाँ नाइके लिन र लीले पठाएको १० रुपैयाँको नोटको तस्वीर ह्वाट्स एपमार्फत पाउने गरेको देखिएको छ । र, त्यो नोट लिएर जानेलाई सुन दिने गरेको पाइएको छ । त्यसरी लिएको सुन चिनियाँ नागरिक एलेक्समार्फत टोखाका सुमन खरेल हुँदै अन्य व्यक्तिसम्म पुग्ने गरेको पाइएको देखिएको छ ।

‘खरेलबाट सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफले पनि सुन किन्ने गरेको पाइएको छ, सुन लिने अर्का एक नेपाली र दुई भारतीय नागरिक फरार छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरारहरुको खोजी जारी रहन्छ ।’

२ साउनमा राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल सीआईबीलाई बुझाएको थियो ।

त्यसक्रममा हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट, ट्याक्सी चालक, भाषा अनुवादक, कम्पनी खोल्ने २ जना, सामान व्यवस्थापक दुई र सुन कारोबारमा संलग्न ११ जना छन् ।

पक्राउ परेकाहरुविरुद्ध भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिताको एकीकृत कसुर, नागरिक ऐन, राहदानी ऐन र अध्यागमन ऐन विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता गर्न सीआईबीले मागदाबी गर्दैछ । सीआईबी प्रमुख बज्राचार्यका अनुसार आरोपीविरुद्ध २ अर्ब ५० करोडको मागदाबी गरिनेछ ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्