May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:१९
चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली
  • सरकार कसैले ढाल्नुपर्दैन आफैं ढल्छ 
  • कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप
  • सरकार चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भैसक्यो 

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए । “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार…म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ,” ओलीले भने ।

उनले सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए । “यो सरकार आफैँ ढल्न सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काहरूले अड्याएको हो,” ओलीले जिकिर गरे । सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए । “यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन ।

मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने । कांग्रेसका मान्छेलाई मुद्दा लागेर थुनिएको भन्दै अदालतले दोषी हो कि होइन भन्ने फैसला गर्ने उनको भनाइ छ । “आफ्नै मान्छेलाई मुद्दा लागेको छ । थुन्दिएको छ । हो होइन अदालतले भन्ला,” उनले भने ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट