May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

राप्रपाले आज काठमाडौंमा बृहत् र्‍यालीसहित विरोध सभा गर्दै

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:२४
राप्रपाले आज काठमाडौंमा बृहत् र्‍यालीसहित विरोध सभा गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्‍यालीसहित विरोध सभा गर्ने भएको छ। र्‍याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको थियो। विरोध सभामा सहभागी हुन देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौं आइरहेको राप्रपाले जनाएको छ।

गौहत्याको विरोध, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, महंगी तथा भ्रष्टाचारको अन्त्य र युवालाई स्वदेशमै रोजगारी नाराका साथ राप्रपाले विरोध सभा गर्न लागेको हो।
देश आर्थिक संकटमा परेका बेला सरकार उदासिन बनेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न पार्टीले र्‍यालीसहित सभा गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।