May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३४
वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ ।
जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो ।
उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर
धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण ती युवकले जोशीको
हत्या गरेका हुनसक्ने जनाइएको छ । केही महिना अगाडि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ ।

सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशङ्का छ । संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार रहेका छन् ।
फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ । उनको खोजीका लागि जिल्ला र जिल्ला
बाहिर तथा सीमानाकामा हुलियासहित पठाइएको छ । प्रहरी निरीक्षक खत्रीले भने, “फरार ती युवकको फोन लोकेशनलगायतका आधारमा खोजी जारी छ । छिट्टै नियन्त्रणमा ल्याउँछौँ ।”

हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुनसक्ने अनुमान प्रहरीको छ । जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।