काठमाडौं ।।
आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो लागेको छ ।
बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वागमती नदी किनारमा श्राद्ध गर्दछन् ।
उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिन्छ ।
पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको छ ।