sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चिकित्सा शिक्षा आयोगमा योग्यलाई पाखा लगाएर निर्देशकहरु छनोट गरियो : डा. गोविन्द केसी

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:५३
चिकित्सा शिक्षा आयोगमा योग्यलाई पाखा लगाएर निर्देशकहरु छनोट गरियो : डा. गोविन्द केसी
  • शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर
  • निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति 
  • एक बोर्ड निर्देशक गरी चार जना निर्देशक मागअनुसार 

काठमाडौं ।।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति जनाएका छन् । ‘एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ’, केसीले सोमबार विज्ञप्ति मार्फत भनेका छन् । त्यसो नहोस् भनेर बारम्बार चेतावनी दिंदा पनि खुलेआम त्यसरी सर्टलिस्ट गरिनु गलत हो भन्दै केसीले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने पनि बताएका छन् ।

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ’, केसीले भनेका छन्, ‘त्यस्तै चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्‍याएर अलपत्र पारिएको छ ।’ उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न नसकेको भन्दै केसीले आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नहुने बताएका छन् । छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा हुन नहुने केसीले बताएका छन् ।

‘त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं’, केसीले चेतावनी दिएका छन् । नियुक्तिको प्रक्रिया अघि बढाउँदा कुनै पनि हालतमा दलीय भागबन्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न केसीले माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशक गरी चार जना निर्देशक माग गरेको थियो ।

जसमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गरेको थियो । जसमा डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा. डा सरला श्रेष्ठ छन् । त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् । तर उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता भने रोकिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid