April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

दीपक-दीपाको सिनेमा हल आज सञ्चालन हुँदै

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:५२
दीपक-दीपाको सिनेमा हल आज सञ्चालन हुँदै
  • आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने
  •  सञ्चालनपछी एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन हुने
  • दीपक-दीपा मंसिरदेखि नयाँ फिल्मको छायांकनमा व्यस्त हुने

काठमाडौं ।।

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सञ्चालक रहेको मल्टिप्लेक्स फिल्म हल आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउँदैछ । नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको फ्रेन्चाइजीको रुपमा सञ्चालनमा आउन लागेको हो ।

दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीको स्वामित्व रहेको यो हलको सबै व्यस्थापन आईएनआईले हेर्नेछ । यो हलसँगै आईएनआईको हल संख्या तीन पुगेको छ । गोंगबुको ल्होत्से मल, बुटवलको मिलनचोकमा यसअघि नै दुई फ्रेन्चाइजी हल सञ्चालनमा छन् ।

शुक्रबार बिहान यो हलको उद्घाटन कार्यक्रम छ । उद्घाटनमा दीपक–दीपाकै पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ को स्क्रिनिङ हुनेछ । त्यसपछि नियमित शो अन्तर्गत एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन हुनेछन् ।

‘हामी निर्माता पनि भएकाले विदेशीभन्दा नेपाली फिल्मलाई नै शो विभाजनमा प्राथमिकता दिनेछौं,’ हल सञ्चालनको दौडधुपमा रहेका दीपकले भने, ‘यदि म प्रदर्शकको रुपमा सफल रहें भने भोलि देशव्यापी रुपमा फ्रेन्चाइजी विस्तार पनि हुनेछ ।’

निर्माण सुरु भएको पाँच वर्षपछि अन्ततः हल सञ्चालनमा आउन लागेको हो । कोभिड र आर्थिक संकटको कारण हललाई समयमै ल्याउन नसकिएको दीपकले बताए । यसबाहेक दीपक-दीपा मंसिरदेखि नयाँ फिल्मको छायांकनमा व्यस्त हुनेछन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट