March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित : विष्णु पौडेल

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0९
८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भएको टिप्पणी गरेका छन् ।

मंगलबार तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे प्रतिक्रिया दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् । आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने विभागको प्रक्षेपणले अघिल्लो सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको पौडेलले बताए ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको पूर्वअर्थमन्त्रीकझ भनाई छ ।

पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको पौडेलले बताए ।

अहिलेको सरकारले देशको अर्थतन्त्र संकट र मन्दीमा धकेलिरहेको आरोप लगाउँदै पौडेलले भने,‘तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक
देख्न सकिन्छ । विभागले प्रकाशित गरेको पछिल्ला दुई आर्थिक वर्षका त्रैमासिकको तुलना गर्दा आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक देखिन आएको छ । यसले देशको अर्थतन्त्र पूर्णतः मन्दीमा प्रवेश गर्‍यो भन्ने प्रमाण हो ।’

एमाले नेतृत्वको सरकारले विषम परिस्थितिमा नाकाबन्दीको विरुद्धमा लड्दा, पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पनि अर्थतन्त्र ठीक ठाउँमा ल्याउन सकेको उनको जिकिर थियो ।

‘अहिलेको गठबन्धन सरकारकै बजेटमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्न सकिन्छ भन्ने महत्वकांक्षी लक्ष्य लिएको थियो । तथ्यांक विभागको प्रतिवेदनलाई हेर्दा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालू आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने पुष्टि गर्दछ’, पौडेलले भने ।

अहिलेसम्मका सरकारका काम कारबाहीहरू अर्थतन्त्रका चुनौतीलाई समाधान गर्नेतर्फ नदेखिएको भन्दै उनले सरकार बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको टिप्पणी गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट