May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नाडा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:४४
नाडा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक

काठमाण्डाै – टाटा माेटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको छ । कम्पनीले अटाे शाेमार्फत् टियागाे ईभीका पाँच वटा भेरियन्ट नेपालमा भित्र्याएकाे हाे ।

कम्पनीले ल्याएको टियागो दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध रहेकाे छ । नेपाल आएका सबै भेरियन्टमा ५० किलोवाटभन्दा कम क्षमताका मोटर रहेका कम्पनीले जनाएकाे छ।

टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९ दशमलव २ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । त्यस्तै, अन्य तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

कम्पनी सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दाबी गरेको छ । सबै भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । सबै भेरियन्टले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ दशमलव २ किलोवाट क्षमताको एसी चार्जर पनि सपोर्ट गर्ने कम्पनीले जनाएकाे छ ।

सिप्रदीले टियागोमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षकाे वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।